No Comments

ठगिन बाट बचौँ

ठगिन बाट बचौँ

दर्ता भएको संस्था बाट मात्र कारोबार गरौँ ठगिन बाट बचौँ । उदाहरण यहाँं पढ्नुहोला ।

हामी सपूर्ण बिक्रेता तथा खरिद कर्तालाई बार बार भनिरहेका छौँ, दर्ता भएको संस्था बाट मात्र कारोबार गरौँ ठगिन बाट बचौँ ।

दर्ता भएको संस्था बाट मात्र कारोबार गरौँ ठगिन बाट बचौँ

धनीलाई थाहै नदिई थानकोटको २० आना जग्गा यसरी भयो मालपोतबाहिर ‘डोर पास’

रेस्टुरेन्टमा जग्गा पास, दोस्रो बैनाले पोल खुल्यो

काठमाडौँ । कृष्णगोपाल श्रेष्ठ र कृष्णभक्त माक श्रेष्ठ भक्तपुरको मध्यपुर थिमीमा तरकारी फलाउँछन् । उनीहरु त्यहीँका स्थायी बासिन्दा हुन् । खेतमा काम गरिरहेको बेला काभ्रेका पुण्यप्रसाद काफ्लेले उनीहरुलाई ‘सस्तोमा राम्रो जग्गा आएको’ भनेर किन्न प्रस्ताव गरे ।प्रतिआना १६ लाखमा चलेको थानकोटको २० आना जग्गा उनीहरुलाई जम्मा ७२ लाखमा किन्न प्रस्ताव गरियो । चलनचल्तीमा ३ करोड २० लाख मूल्याङ्कन भएको जग्गा ७२ लाखमा पाउने भएपछि कृष्णगोपाल र कृष्णभक्तका परिवार नै मिलेर किन्ने निर्णयमा पुगे । ऋण, धन गरेर पैसा जोहो गरे । काभ्रेको पनौती नगरपालिका घर भएका पुण्यको समूहले उनीहरुसँग ७२ लाख लिएर ०७६ पुस २३ मा  मालपोत कार्यालय बाहिरै ‘डोर पास’ गराइदिए ।जग्गा डोरमार्फत पास गर्दा मालपोत कार्यालयका कर्मचारी नगएका पनि होइनन् । ढड्डामा वास्तविक जग्गा धनीको नाम काटेर श्रेष्ठ परिवारकै नाम चढाइएको थियो । तर, त्यो नक्कली रहेछ !जग्गा म्याग्दी घर भएकी मिना खड्काको नाममा थियो । उनी बेल्जियम थिइन् । धनीलाई थाहै नदिई जग्गा पास गरेर पुण्यप्रसादको समूहले लुटेको थाहा पाएपछि श्रेष्ठ परिवार प्रहरीको सम्पर्कमा गए । २०७६ फागुनमा काठमाडौँ प्रहरीमा उजुर गरेपछि लगातार प्रहरीको दैलो ढकढक्याउँदै आएको सो परिवारले बल्ल सन्तोषको श्वास फेर्न थालेको छ । ठगीमा संलग्न ९ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।‘नक्कली जग्गाधनी खडा गरेर डोरमार्फत जग्गा पास गराउने ९ जनाको समूहलाई पक्रेका छौँ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले भने–‘घटनामा संलग्न कलङ्की मालपोत कार्यालयमा ३ जना कर्मचारीलाई पनि पक्राउ गरेका थियौँ, उनीहरु धरौटीमा छुटेका छन् ।’

दोस्रो बैनाले पोल खुल्यो

मध्यपुर थिमी नगरपालिका–४ का कृष्णगोपाल, उनकी पत्नी रत्नकेशरी म्हका, कृष्णभक्त माक श्रेष्ठ र विजयलक्ष्मी श्रेष्ठ मिलेर सो जग्गा लिएका थिए ।सोही जग्गा किन्न काभ्रेको धुलिखेल नगरपालिका घर भएका कुमार दाहाल खत्रीले पनि ३५ लाख बैना गरेका थिए । कलङ्की मालपोतमा लेखापढीको काम गर्ने धनबहादुर केसी ‘लुरे’ को माध्यमबाट खत्रीले जग्गा बैना गरेका हुन् ।तर जग्गा बैनापट्टा भइसकेपछि एक दिन लुरेले हल्ला सुने– ‘थानकोटकी मीना खड्काको नाममा रहेको जग्गा डोर पास भइसकेको छ ।’‘लुरे’ले सुनेको कुरा पत्याएनन् । मालपोतमा गएर ढड्डा हेरे । जग्गा भक्तपुरका ४ जनाको नाममा पास भइसकेको देखियो । अनि कुमारलाई बैना फिर्ता लिन सुझाए ।कुमारले बैना रकम मीना खड्का र रामचन्द्र पुडासैनीको नामको बैङ्क खातामा जम्मा गरिदिएका थिए । प्रहरीको अनुसन्धानबाट ती दुवै खातावालाको नाम नक्कली रहेको थाहा भएको छ ।बैना लिने नै सम्पर्कमा आएनन् । ‘लुरे’को सूचनापछि मालपोत कार्यालयका कर्मचारीले ‘भूलवश पास भएको’ भनेर ढड्डा सँच्याए । अनि जग्गा किन्ने समूह प्रहरीकहाँ पुग्यो ।

विदेशमा जग्गाधनी

म्याग्दी, बरंजा घर भएकी मीना खड्का विदेशमा थिइन् । दुई छोरासँग बेल्जियम बस्ने मीनाले थानकोटमा २० आना जग्गा किनेर छाडेकी थिइन् । त्यो जग्गा बेचेर बालाजुमा घर बनाउने उनको योजना थियो । आफ्नो भतिजलाई ‘मिले बेचिदिनु’ भनेर अह्राएकी थिइन् ।भतिजबाट बूढानीलकण्ठका ४७ वर्षीय विजयकुमार खड्काले जग्गाधनी प्रमाण पुर्जा र मिनाको नागरिकताको फोटोकपी लिएका थिए ।फोटोकपी दुरुपयोग गरेर सो गिरोहले किर्ते नागरिकता र जग्गाधनी प्रमाणपुर्जा बनाएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले बताए । उनले भने– ‘नागरिकता र जग्गाधनी पुर्जा किर्ते गरेर सङ्गठित रूपमा ठग्ने योजना बनाएको देखिन्छ ।’२०७७ मङ्सिरमा मिना बेल्जियमबाट काठमाडौँ आइन् । बालाजुमा घर बनाउनका लागि घर–बाटो सिफारिस लिन जाँदा उनको जग्गा रोक्का थियो । अनि उनी मालपोत कार्यालयमा गएर सोधिन्–‘मेरो जग्गा किन रोक्का गरेको ?’आफू विदेश हुँदा सिन्धुपाल्चोक घर भएकी लक्ष्मी घतानीलाई गिरोहले जग्गाधनी खडा गरेर जग्गा बेचिसकेको कुरा त्यसपछि बल्ल उनले थाहा पाइन् ।जग्गा बिक्रीबारे अनुसन्धान सुरु गरेपछि प्रहरीले मीना खड्काका नाममा रहेको जग्गा रोक्का राख्न पत्राचार गरेको थियो ।

रेस्टुरेन्टमा जग्गा पास !

मीना खड्काको जग्गा लुट्ने गिरोहका मुख्य योजनाकार काभ्रेका पुण्यप्रसाद काफ्ले र धादिङ नीलकण्ठ नगरपालिका घर भएका बालप्रसाद भट्ट हुन् । काफ्ले र भट्ट दुवै आफ्नो नामले चिनाउँदैनन् । ३ वटाभन्दा बढी नाममा उनीहरुका नागरिकता र बैङ्क खाता छन् ।पुण्यले जग्गा किन्ने मान्छे खोजेका थिए । बाल प्रसादले जग्गा बिक्रीको प्रपञ्च मिलाएर रकमको पँजनी गरे ।विजयकुमार खड्काले जग्गाधनीको नागरिकता र जग्गाधनी दर्ता पुर्जाको फोटोकपी ल्याएर नक्कली कागजात बनाउन सिन्धुली घर भएका कृष्णबहादुर दर्लामीलाई जिम्मा दिए । झापा कचनकवल घर भई ललितपुर बस्ने कृष्णबहादुर कटुवालसँग मिलेर दर्लामीले किर्ते जग्गाधनी दर्ता पुर्जा र नागरिकता बनाए । जुन जग्गाधनी दर्ता पुर्जा नाङ्गो आँखाले हेरेर सक्कली र नक्कली छुट्याउन सकिँदैन ।लक्ष्मी घतानीलाई जग्गा धनीको अभिनय गर्न लगाएर सो गिरोहले मालपोत कार्यालय कलङ्की नजिकैको रेस्टुरेन्टमा ‘डोर पास’ गराएका थियो । कार्यालय समय सकिएपछि मालपोतका कर्मचारी आएर डोरपास गरिदिएका थिए ।रेस्टुरेन्टमा डोर पास गर्ने बेलामा रामेछाप गेलु घर भएका बालकृष्ण बुढाथोकी बाउन्सर बनेर बाहिरी अवस्थाको निगरानी गरेका थिए ।जग्गा लुट्ने गिरोहका अर्का सदस्य हुन्, सङ्खुवासभा नुनढाकी घर भएका इन्द्रबहादुर घले । भैँसेपाटी बस्ने घलेले राजीनामा पास गर्दा ‘जग्गाधनी मीनाको दाजु इन्द्रबहादुर खत्री हुँ’ भनेर सनाखत गरेका थिए ।जग्गा लुटमा संलग्न ९ जना अहिले महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । उनीहरुविरुद्ध सङ्गठित अपराध, ठगी र सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

मालपोतका कर्मचारी छुटे

रेन्टुरेन्टमा बसेर मालपोत कार्यालय कलङ्कीका  नायव सुब्बा नारायण श्रेष्ठले डोर पास गरेका हुन् । मालपोत कार्यालय कलङ्कीका तत्कालीन अधिकृत दीपक दाहालले उनलाई खटाएका थिए ।नारायण श्रेष्ठ, दीपक दाहाल र खरिदार दीपा पंज्ञानीलाई प्रहरीले गत माघ ७ र २० मा पक्रेर ठगी मुद्दा चलाएको थियो । उनीहरु धरौटी बुझाएर छुटेका छन् ।कलङ्की जग्गा लुटको मुद्दा प्रहरीले सुरुमा ठगीमा मात्रै चलाएको थियो । अनुसन्धान गर्दै जाँदा ठूलो गिरोह संलग्न रहेको देखिएपछि सङ्गठित अपराधमा मुद्दा परिवर्तन गरिएको छ ।

हामी सपूर्ण बिक्रेता तथा खरिद कर्तालाई बार बार भनिरहेका छौँ, दर्ता भएको संस्था बाट मात्र कारोबार गरौँ ठगिन बाट बचौँ ।

श्रोत रातोपाती: बुधबार २६ फागुन, २०७७ Wednesday, 10 March, 2021

Ratopati news link: https://ratopati.com/story/171143/2021/3/10/malpot-

Our all News And Blogs: https://fyafullaa.com/blog/